कास्की । पोखरा महानगरपालिकाले पेरिस प्यारालिम्पिक २०२४ पदक विजेता पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।
पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशालाई पोखरा महानगरले २ लाख २२ हजार २२२ नगदसहित सम्मान गरेको हो ।
आइतबार पोखरा महानगरका मेयर धनराज आचार्यले पलेशालाई २ लाख २२ हजार २२२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै सम्मानपत्रले सम्मान गरेका हुन् ।
कार्यक्रममा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्